चारजना सवार मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

धनगढी । कैलालीको जोशीपुरमा चारजना सवार मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । जोशीपुर गाउँपालिकाको वडा नम्बर ५ सिमरामा आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा जिल्लाको लम्कीचुहा नगरपालिका ७ का २५ वर्षीय नरेश रोकायाको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका रोकायालाई धनगढीस्थित निसर्ग अस्पतालमा पुर्‍याएपछि डाक्टरलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार लम्की चुहा नगरपालिका वडा नम्बर ७ कै २५ वर्षीय अभिसेक चौधरीले चलाएको बा ०२-०१५ प २७३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको फोहर फाल्ने फलामको ड्रममा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा मृतक रोकायासहित लम्कीचुहा वडा नम्बर ७ कै मोटरसाइकल चालक २५ वर्षीय अभिसेक चौधरी, २४ वर्षीय  प्रकाश चौधरी र २० वर्षीय जीवन चौधरी घाइते भएका थिए । घाइते भएपछि रोकायासहित ४ जनालाई उपचारको लागि धनगढीस्थित निसर्ग अस्पतालमा ल्याइएको थियो ।

सामान्य उपचारपछि डिस्चार्ज भएका अन्य तीन जना घाइतेहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *