सुध्रिँदै कोरोना ग्राफ : संक्रमणभन्दा निको हुनेको संख्या बढी

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १३९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ३९६ जना संक्रमणमुक्त भएका छन् । २,१३४ पीसीआर परीक्षणका क्रममा १२८ र १,७९८ एन्टिजेन परीक्षणका क्रममा ११ गरी १३९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ भने ३९६ जना निको भएका छन् । आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ९ लाख ९ हजार २३२ पुगेको छ ।

जसमध्ये ११,४३९ जनाको मृत्यु भएको छ भने ७ लाख ९४ हजार ८३४ जना संक्रमणममुक्त भएका छन् । मन्त्रालयकाअनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये ७,५२४ जना होम आइसोलेसनमा रहेका छन् ।

यस्तै ६२० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १९६ जनाको आईसीयू र ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =