सुनौलो पाइलाद्वारा तेस्रो स्मारिका विमोचन
२०७८ कार्तिक १७ गते

काठमाडौँ । असहाय बालगृह ‘सुनौलो पाइला’ले आज आफ्नो संस्थाको तेस्रो स्मारिका विमोचन गरेको छ । २०७५ सालमा २ जना असहाय बालबालिकालाई आश्रय दिएर सुरु भएको संस्थामा अहिले १२ जना बालबालिका आश्रित छन् ।
आज स्थानीय पिस बेङ्क्वेटमा आयोजित एक समारोहमा बागमती प्रदेशका सांसद छिरिङ्ग दोर्जे लामा, गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल, संस्थाकी अध्यक्ष रोजिना विष्ट (रोज) लगायत स्थानीय समाजसेवी एवम् जनप्रतिनिधिहरूको उपस्थितिमा संस्थाको स्मारिका विमोचन गरिएको हो ।
कार्यक्रममा बोल्दै मेयर चालिसेले ‘नगरपालिकाले संस्थाको आफ्नै भवन बनाउन छिट्टै जग्गा उपलब्ध गराउने’ आश्वासन दिएका छन् ।



२०७८ कार्तिक १७ गते
प्रतिक्रिया
सम्बन्धित








