‘प्रधान न्यायाधीशको बारेमा हामीलाई चिन्ता छ’ (भिडिओसहित)

काठमाडौँ । सत्तारुढ गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयको मामिलामा कांग्रेसले कुनै हस्तक्षेप नगर्ने बताएका छन् । ‘प्रधान न्यायाधीशको बारेमा हामीलाई चिन्ता छ,’ मंगलबार सिंहदरबारमा नेता पौडेलले भने, ‘न्यायालयमा असहज परिस्थिति बनेको छ । न्यायालयको आन्तरिक मामिलामा ज्यादै कमेन्ट त गर्दैनौं, हस्तक्षेप गर्न चाहेको होइन ।’

प्रधान मन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दा प्रधान न्यायाधीश चोलेन्द्रसमशेर जबराको सिफारिसमा उनका जेठान गजेन्द्रबहादुर हमाललाई मन्त्री बनाएको आरोप लागेसँगै न्यायालयमा अहिले प्रधान न्यायाधीश जबराको विषयमा चर्को आलोचना भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *