तनाव व्यवस्थापन कसरी गर्ने ?

काठमाडौँ । चित्रमा रङ लगाउने कामले मानिसको तनाव व्यवस्थापनमा योगदान गर्ने कुरा वैज्ञानिकहरूले नै बताएका छन् । अझ बालबालिकाका लागि त यो काम उनीहरूलाई खुसी बनाउन धेरै नै सहयोगी हुने कुरा सार्वजनिक भइसकेको छ ।

यसबाहेक तनाव व्यवस्थापन गर्न यी विकल्प पनि उपयोगी हुन सक्छन् :-

जनावरलाई साथी बनाउने र समय बिताउने
जनावरले पनि मानिसलाई खुसी बनाउन सक्छ भन्ने कुरा कुनै अचम्म लाग्ने कुरा होइन । मानिसको जनावरप्रति धेरै लगाव हुन्छ । त्यस्तै जनावरले पनि मानिसलाई बिना कुनै स्वार्थ माया गर्ने गर्छन् । घरपालुवा जनावरहरू मानिससँग रमाउँछन्‚ अनि साह्रै राम्रा पनि हुन्छन् ।

जनावरहरूसँग गुणस्तरीय समय बिताउँदा तनाव व्यवस्थापन हुन्छ । आफूले घरमा पालेको छैन भने स्वयंसेवकको रूपमा घरपालुवा जनावर राख्ने ठाउँमा गएर काम गर्न पनि सकिन्छ ।

याे पनि : चित्रमा रङ लगाउने बानी : स्वस्थ हुन्छन् बाबु नानी

किताब पढ्ने
किताब पढ्नाले मनमा शान्ति हुन्छ । चित्रमा रङ भर्नुले जस्तै किताब पढ्नुले पनि व्यक्तिलाई त्यही क्षणमा केन्द्रित हुने बनाउँछ । अरू तनावबाट टाढा हुन किताब पढ्न सकिन्छ ।

कानको लोती मसाज गर्ने
अनौठो लाग्न सक्छ कानको लोतीमा मसाज गर्नाले शरीरमा शान्ति र आनन्दको अनुभूति हुन्छ । केही मिनेटसम्म यही कार्य गरिरहँदा बिस्तारै बिस्तारै आराम महसुस हुन्छ ।

शरीरलाई चलायमान राख्ने
शरीरलाई चलायमान राख्नुपर्छ । यसका लागि आफूलाई सबैभन्दा धेरै मन परेको नृत्यको स्टेप गर्न सकिन्छ । आफूलाई मन परेको गीत गाउँदै नाच्ने हो भने यसले पनि एक किसिमको थेरापीको काम गर्छ । र यो काम बिस्तारै व्यायामको रूपमा विकास हुन्छ ।

मायो क्लिनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *