५३ किलो गाँजासहित एक जना पक्राउ

उदयपुर । उदयपुरको कटारीबाट ५३ किलो गाँजासहित एकजना पक्राउ परेका छन् । कटारी नगरपालिका- ६ स्थित भोर्लेको जंगलबाट ५३ किलो गाँजासहित एक जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कटारी नगरपालिका- ९ सोरुमछबिसेका २० वर्षीय प्रेम परियार रहेका छन् । आज बिहान ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनलाई जंगलमा बोरामा गाँजा बोकी हिँडिरहेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ परेका परियारको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + fifteen =