यस्ता लक्षणहरू देखिए हुनसक्छ स्तन क्यान्सर, जँचाइहालौँ

काठमाडौँ । मानिसले विभिन्न प्रकारका रोगको बारेमा सुन्छन् र थाहा पाउँछन् तर उनीहरूलाई यो रोग मलाई पनि लागेको छ वा लाग्न सक्छ भन्ने चाहिँ लाग्दैन । तर जुनसुकै रोग जो कोहीलाई पनि लाग्न सक्छ । त्यस्तै एउटा रोग हो स्तन क्यान्सर । स्तन क्यान्सर हुनबाट बच्न स्तन क्यान्सरबारे जानकारी मात्र राखेमा पनि ठूलो सहयोग हुन्छ । महिलामा स्तन क्यान्सर हुनुभन्दा पहिले केही यस्ता लक्षणहरू देखिन्छन् । यस्ता लक्षण देखिए ढिलो नगरी तुरुन्तै चिकित्सकसँग परामर्श लिनुपर्छ ।

स्तनको बनावटमा परिवर्तन हुनु
यदि स्तन क्यान्सर भएको छ भने अरू सामान्य अवस्थाको तुलनामा स्तनको वरपरको भाग फरक देखिन थाल्छ । स्तन र निप्पलको वरपर खैरो रङ देखिनु र त्यहाँ मासुको डल्लो जस्तो अनुभव हुनु क्यान्सरको लक्षण हो । यदि स्तन पोल्ने, चिडचिडाहट हुने गरेको छ भने यो पनि एक दुर्लभ प्रकारको स्तन क्यान्सर हुने लक्षण हो ।

स्तनको टुप्पोबाट तरल पदार्थ निस्कनु
यदि कोही आमाले सन्तानलाई स्तनपान गराइरहनु भएको छ भने त्यस्तो बेलामा स्तनबाट तरल पदार्थ निस्कनु सामान्य हो । तर त्यो भन्दा बाहेक अरू समयमा स्तनबाट पहेँलो, हरियो अथवा रातो रङको तरल पदार्थ निस्कन्छ भने यो क्यान्सर भइसकेको लक्षण हो । यस्तो भएमा तुरुन्त अस्पताल गएर जाँच गराउनुपर्छ ।

स्तन दुख्ने र चिलाउने
प्राय जसो स्तन क्यान्सर भएमा पनि स्तन दुख्दैन । तर महिलाहरूमा क्यान्सरको समयमा देखिने लक्षण फरक फरक हुन्छन् । यदि स्तन दुख्ने र चिलाउने समस्या सुरु भएको छ भने तुरुन्त चिकित्सकसँग परामर्श लिनुपर्छ । किनभने स्तनमा आउने परिवर्तनको कारण स्तन चिलाउने र दुख्ने हुन्छ । यसले स्तनको संवेदनशीलता अझ बढाउँछ र तनाव सिर्जना हुन्छ । त्यसैले बेलैमा अस्पताल गएर उपचार गर्नु आवश्यक हुन्छ ।

स्तन सुन्निने र रातो हुने
यदि स्तनको वरपर कुनै चोटपटक लागेको छैन, कतै ठोक्किएको छैन तर पनि स्तर वरपर रातो भएको छ सुन्निएको छ भने सावधानी अपनाउने बेला भइसकेको छ । यो स्तन क्यान्सरको प्रमुख लक्षण मध्येको एक हो । यस्तो अवस्थामा स्तन वरिपरि रातो, बैजनी र निलो रङको देखिन सक्छ । त्यस्तो अवस्थामा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।

हिन्दुस्तानबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *