मोहन वैद्य अस्पतालबाट डिस्चार्ज
२०७८ कार्तिक ७ गते

काठमाडौँ । दमको समस्याका कारण अस्पताल भर्ना भएका क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (किरण) अस्पतालबाट डिस्चार्ज भएका छन् ।
दमको समस्या बढेर थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार आएपछि आइतबार साँझ डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
दमको समस्या बढेपछि किरणलाई गतआइतबार नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।
२०७८ कार्तिक ७ गते
प्रतिक्रिया
सम्बन्धित









