बाढी-पहिरो अपडेट : मृत्यु हुनेको संख्या ११७ पुग्यो

काठमाडौँ । पछिल्लो समयमा गएको बाढी-पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या एक सय १७ पुगेको छ । पहिरोमा परेर सबैभन्दा बढी प्रदेश नम्बर १ मा ६७ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएकाे छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा ३७,  कर्णाली प्रदेशमा ८, गण्डकी र प्रदेश नम्बर ५ मा २-२ र  बागमती प्रदेशमा १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । प्रदेश १ को पाँचथरमा ३० जना , इलाममा १४ जना र सुनसरीमा १० जनाको मृत्यु भएको छ ।

बाढी-पहिरोमा परी ३२ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा १३ जना पुरुष, ७ जना महिला र १२ जना बालबालिका छन् । ४४ जना घाइते भएका छन् भने १ सय १८ वटा घर पूर्ण र ३० वटा घरमा आशिंक क्षति पुगेको छ । धेरै मात्रामा बाली नाली तथा चौपायामा समेत क्षति पुगेको भएपनि यसको पूर्ण विवरण आइनसकेको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *