नेम्वाङ्ग भन्छन्- ‘सरकारले सिन्काे भाँचेन’

काठमाडौँ । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले शेरबहादुर देउवा नेतृत्वको सरकारले गर्नैपर्ने कामहरू नगरेको बताएका छन् । ‘यो सरकारले नगरेको कामहरू सबै गर्‍याे,’ आइतबार झापामा आयोजित एमालेको कार्यक्रममा नेम्वाङ्गले भने, ‘गर्नुपर्ने काम केही पनि गरेको छैन । आजसम्म, अहिलेसम्म गर्नुपर्ने काम केही गरेको छैन । याे सरकारले सिन्काे भाँचेन ।’

यो सरकारले संसद्‌मा पनि सिन्को नभाँचेको नेता नेम्वाङ्गको भनाइ थियो । ‘न संसद्‌मा केही गरेको छैन यो सरकारले,’ नेम्वाङ्गले भने, ‘न जनताको दुःख देखेको छ । यो सरकार काम नलाग्ने सरकार भयो । गर्नैपर्ने कामहरू नै गरेको छैन ।’

५ दलीय गठबन्धनको यही पारा देखेर जनताले आउँदाे निर्वाचनमा एमाले छान्नेसमेत नेम्वाङ्गको दाबी थियो । नेम्वाङ्गले भने, ‘अब यसो भएपछि जनताले कसलाई छान्छन् ?’ प्रभु साहप्रति लक्षित गर्दै नेम्वाङ्गले भने, ‘केही भ्रममा परेका साथीहरू पनि भ्रममुक्त हुन थालेका छन् । यो सुखद् पक्ष हो ।’

एमाले सरकारमा जाँदा मूलढाकाबाटै जाने नेम्वाङ्गको भनाइ थियो । ‘केपी शर्मा ओली अध्यक्ष भएको एमाले पुनः सरकारको नेतृत्व गर्न सिंहदरबार पस्छ । त्यो पनि मूलढोकाबाटै,’ नेम्वाङ्गले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *