प्रधान न्यायाधीशको प्रतिबद्धता- ‘फेरि यस्तो हुँदैन’

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो तर्फबाट गल्ती भएको ठाउँमा माफी माग्ने र भावी दिनमा गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएका छन् । आइतबार (आज) आफूलाई भेट्न सर्वोच्च आएका बार पदाधिकारीको टोलीसँग प्रधान न्यायाधीश जबराले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

प्रधान न्यायाधीश जबरालाई उद्धृत गर्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘योबीचमा मेरो तर्फबाट भएको गल्तीमा माफी माग्छु । अब फेरि फेरि यस्तो हुँदैन ।’

प्रधान न्यायाधीश जबरामाथि मन्त्रिपरिषद्मा भाग खोजेको, विकृतिविहीन अदालत बनाउने सम्बन्धमा गठित समितिको प्रतिवेदन कार्यान्वयन नगरेको, पेसी चढाएर पटक–पटक सुनुवाइ नगरेकोलगायतका आरोपहरू छन् ।

बारले न्यायलयको सुधार आफ्नो एजण्डा भएको बताउँदै आएको छ । अध्यक्ष श्रेष्ठले न्यायलय सुध्रिन्छ भने प्रधान न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *