प्रधान न्यायाधीशले बोलाए ‘फुलकोर्ट’, बार पदाधिकारी पनि सहभागी हुने

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले फुलकोर्ट बोलाएका छन् । आइतबार (आज) नेपाल बार एशोसिएसनको पदाधिकारीहरूसँगको छलफलपछि उनले फुलकोर्ट बोलाएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए । दिउँसो साढे १ बजे बस्नेगरी बैठक बोलाइएको छ ।

उक्त बैठकमा बारका सबै पदाधिकारीहरूलाई सहभागी गराइने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताएका छन् । ‘हामी पनि सहभागी हुँदैछौँ,’ अध्यक्ष श्रेष्ठले भने, ‘त्यो बैठकमा धेरै कुराहरू हुन्छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *