न्यायपालिका सुधारका लागि कुनै कसर बाँकी राख्दैनौँ : बार अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिका सुधारका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् । ‘हाम्रो ध्यान भनेको न्यायपालिका सुधारमा छ,’ आइतबार प्रधान न्यायाधीश चोलेन्द्रशमशेरलाई भेटेपछि अध्यक्ष श्रेष्ठले भने, ‘त्यसो हुनाले हामी यसको सुधारमा कुनै कसर बाँकी राख्दैनौँ ।’

पछिल्लो समय न्यायपालिकाप्रतिको जनविश्वास घट्दै गएको दृष्टान्त सुनाउँदै अध्यक्ष श्रेष्ठले सबै तहको न्यायपालिकामा पुनः विश्वास खडा गर्ने काम बारले गर्ने बताए । ‘जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्मलाई बारले जनताले पुनः विश्वास गर्न सक्ने बनाउँछ,’ अध्यक्ष श्रेष्ठले भने, ‘यो एकै दिनमा हुने कुरा होइन । यो क्रमशः गर्दै जान्छौँ । यो हुन्छ ।’

बारको पदाधिकारीले आज दिउँसो प्रधान न्यायाधीश जबरालाई भेटेको थियो । प्रधान न्यायाधीश जबरा मन्त्रिपरिषद्मा भाग खोजेको, विकृतिविहीन अदालत बनाउनेसम्बन्धी गठित समितिको प्रतिवेदन कार्यान्वयन नगरेको र पेसी तोकेर सुनुवाइ नभएकोलगायतका विषयमा आलोचित बनिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *