प्रधान न्यायाधीश र सर्वोच्च बारका पदाधिकारीको भेटवार्ता

काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएसनको पदाधिकारीको टोलीले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेटेको छ । बारका एक पदाधिकारीले दिएको जानकारीअनुसार दिउँसो साढे १२ बजेपछि पदाधिकारी टोली प्रधान न्यायाधीशकहाँ गएको हो ।

ती पदाधिकारीकाअनुसार प्रधान न्यायाधीश जबरालाई भेट्नुअघि पदाधिकारीको आकस्मिक बैठक थियो । बैठकलगत्तै टोली प्रधान न्यायाधीशज्यूलाई भेट्न गएको हो ।

बैठकमा प्रधान न्यायाधीश जबराका विषयमा देखिएको विवाद र संवैधानिक इजलासमा एमिकस क्यूरी पठाउने/नपठाउनेबारे छलफल थियो । संवैधानिक परिषद्सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले नेपाल बार र सर्वोच्च बारबाट एमिकस क्यूरी मगाउने आदेश गरेको थियो ।

प्रधान न्यायाधीश जबरा मन्त्रिपरिषद्मा भाग खोजेको, विकृतिविहीन अदालत बनाउनेसम्बन्धी गठित समितिको प्रतिवेदन कार्यान्वयन नगरेको र पेसी तोकेर सुनुवाइ नभएकोलगायतका विषयमा आलोचित बनिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *