न्यायपालिका सुध्रिन्छ भने प्रधान न्यायाधीशको राजीनामा माग्छौँ : बार अध्यक्ष

काठमाडौँ । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिका सुध्रिन्छ भने प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्न पनि पछि नपर्ने बताएका छन् । प्रधान न्यायाधीशको राजीनामा नभइ न्यायापालिकाको सुधार आफूहरूको एजेण्डा रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले भने, ‘प्रधान न्यायाधीशले राजीनामा दिँदा समस्या समाधान हुन्छ, न्यायपालिका सुध्रिन्छ भने त्यसमा पनि जानेछौँ ।’

यद्यपि राजीनामा मात्रै सममस्याको समाधान नभएकोतर्फ विषयान्तर हुँदै अध्यक्ष श्रेष्ठले थपे, ‘राजीनामा दिएर समाधान हुने हो भने जानुपर्ला । किन नजाने ?’ यसका लागि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयनमा लैजानुपर्नेसमेत अध्यक्ष श्रेष्ठले स्मरण गराए ।

आइतबार (आज) दिउँसो अध्यक्ष श्रेष्ठसहितको बार पदाधिकारी टोलीले प्रधान न्यायाधीश जबरालाई भेटेको थियो । तत्पश्चात् अध्यक्ष श्रेष्ठले भने, ‘न्यायलयको सुधारको निम्ति हामी कुनै कसर बाँकी राख्दैनौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *