अलपत्र पर्यटकको उद्धार गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ । लगातारको वर्षातपछि आएको बाढी पहिरो र डुबानका कारण अलपत्र विदेशी नागरिक/पर्यटकलाई तत्काल उद्धार गर्न गृहमन्त्री बालकृष्ण खाडले निर्देशन दिएका छन् । गृहमन्त्री खाडले आज (बिहीबार) बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनालाई विपद्‌मा फसेका विदेशी नागरिक/पर्यटकलाई उद्धार गर्न निर्देशन दिएका हुन् ।

‘लगातारको वर्षात्‌पछि आएको बाढी पहिरो र भएको डुबानमा परेका नेपाली नागरिकहरूको खोजी, उद्धार, पुनर्स्थापना र राहत वितरणमा यहाँहरू निरन्तर लागिरहनु भएको छ । अब नेपाल भ्रमणमा आएका र मुलुकको विभिन्न स्थानमा पुगेका विदेशी नागरिक/पर्यटक बाढी पहिरो र डुबानमा परेका खबरहरू आइरहेका छन् । उनीहरूको उद्धारमा पनि विशेष ध्यान दिनुहोला,’ गृहमन्त्री खाणले निर्देशनका क्रममा भने ।

वर्षाका कारण हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा घुम्न गएका पर्यटक अलपत्र भएका समाचार सार्वजनिक भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *