कञ्चनपुरमा घरको आँगनमै भेटियो बेवारिसे शव

धनगढी । कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको दोधारा चाँदनी नगरपालिका-१० सुर्खेती टोलस्थित चन्द्रबहादुर सुनारको घरको आँगनमा बुधबार एक जना मृत अवस्थामा फेला परेका हुन् ।

करिब ३५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले जानकारी दिए । उनले मृतकको पहिचान नखुलेको बताए ।

‘महाकाली नदीको बाढी बस्तीमा पसेको थियो,’ उनले भने, ‘बाढीले कतैबाट बगाएर ल्याएको मानिसको शव घरको आँगनमा पुगेको हुनसक्छ ।’ उनले यसबारे अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =