बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई राहत दिने सरकारको निर्णय
२०७८ कार्तिक ३ गते

फाइल तस्बिर
काठमाडौँ । सरकारले बाढीपहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई राहत र क्षतिपूर्ति दिने र घाइतेको उपचार गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले परिवारको एक जनाको ज्यान गएको भए २ लाख रुपैयाँ र एक जनाभन्दा धेरैको ज्यान गएको भए प्रतिव्यक्ति थप १ लाखका दरले राहत दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
बाढीपहिरोमा परी घाइते भएकाहरूको उपचार निःशुल्क गर्ने सरकारले निर्णय गरेको छ । त्यस्तै बाढी पहिरोमा परेर सम्पर्कविहीन भएकाको खोजी तथा उद्धारमा तीव्रता दिने, विस्थापितको पुनःस्थापना र आवास निर्माणका लागि थप छलफल गरेर निर्णय गरिने भएको छ ।
यसैगरी बैठकले बाढीले बालीनालीमा गरेको क्षतिका आधारमा राहत र क्षतिपूर्ति दिने निर्णयसमेत गरेको छ ।
२०७८ कार्तिक ३ गते
प्रतिक्रिया
सम्बन्धित








