बाढीले बगायो रतुवाखोलाको पश्चिमी तटका सात घर‚ १७ घर जोखिममा
२०७८ कार्तिक ३ गते

काठमाडौँ । झापामा अविरल वर्षासँगै रतुवा खोलामा आएको बाढीका कारण दमक नगरपालिका-७ स्थित रतुवाखोलाको पश्चिमी तटमा रहेका घरहरू बगाएको छ ।
खोलाको बाधमा बनाइएका घरहरूमध्ये ७ वटा घर बगाएको छ भने १७ वटा घर उच्च जोखिममा रहेका छन् । बाढीले कटान गर्दा घरहरू बगाएको हो ।
स्थानीय सुवास लिम्बू, रामकुमारी लावती, खड्ग लिम्बू, डम्बरबहादुर श्रेष्ठ, विष्णुमाया लिम्बू, मिना लिम्बू र डम्बर श्रेष्ठको घर बगाएको वडाध्यक्ष भिम पौड्यालले बताए ।
२०७८ कार्तिक ३ गते
प्रतिक्रिया
सम्बन्धित








