भोलिदेखि देशभरकाे मौसम सफा हुने

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोलि (बिहीबार)देखि देशभरको मौसम सफा हुने जनाएको छ । तीन दिनदेखि देशैभर जसो झरि परिरहेको भन्दै महाशाखाले यो क्रम बिहीबारदेखि  रोकिने जनाएको छ ।

विभिन्न ठाउँमा भइरहेको वर्षा आजसम्म रहने र भोलिदेखि देशभरको मौसम सफा भएर जाने महाशाखाका मौसमविद् राजु प्रधानङ्गले जानकारी दिए ।

भारि वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोले मानवीय तथा भौतिक क्षति भएको छ । गृहमन्त्रालयले अहिलेसम्म  बाढीपहिरोमा परी ४८ जनाको ज्यान गएको र ३१ जना सम्पर्कविहीन भएको जनाएको छ । तर देशैभरिबाट थप क्षतिका खबरहरू आइरहेका छन् । डुबानले धानबालीमा ठूलो नाेक्सानी पुगेको छ ।

महाशाखाका अनुसार बंगालको खाडीबाट दुईवटा मनसुन प्रणाली सक्रिय भएर आएकाले नेपालमा भारि वर्षा भएको हो । यति धेरै पानी पर्ने अनुमानै नगरिएको महाशाखाले जनाएकाे छ ।

एउटा पश्चिम वायुको प्रभाव र अर्को बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणाली जुन नेपाल नजिकै आउँदा दुवै प्रणालीको संयुक्त प्रभावले अविरल वर्षा भएको मौसमविद् प्रधानङ्गले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =