गृह मन्त्रालयले भन्यो- उच्च सतर्कता कायम राखौँ

काठमाडौँ । गृह मन्त्रालयले वर्षा नरोकिएले उच्च सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै तटीय र जोखिमयुक्त स्थानमा रहेका नागरिकहरूलाई उच्च सतर्कता कायम राख्न आग्रह गरेको हो ।

बेमौसमी वर्षाले १९ जिल्ला प्रभावित भएको मन्त्रालयले उल्लेख गरेको छ । वर्षाका कारण कालिकोट, डडेलधुरा, कञ्चनपुर, बझाङ, बर्दिया, कैलाली, डोटी, सुनसरी, दैलेख, दार्चुला, बाजुरा, सुर्खेतलगायत १९ जिल्लाहरू प्रभावित भएको गृह मन्त्रालयले जनाएको हो । चार घर पहिरोले पूर्ण क्षति भएको जनाएको छ भने ५ सय घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

मन्त्रालयले कतिपय जिल्लाहरूमा सञ्चार सम्पर्क, विद्युत् सेवा, सडक अवरोध भएकाले उद्धार कार्यमा कठिनाइ भएको जनाएको छ । तर पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, प्रदेश सरकार, स्थानीय तहहरूको समेत सहयोगमा खोज तथा उद्धार लगायतका सम्पूर्ण प्रयास भइरहेको जानकारी दिएको छ ।

त्यसैगरी, मंगलबार गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको बैठकमा प्रभावित जिल्लाहरूमा सम्पूर्ण नागरिकहरूको जीउ धनको सुरक्षाको लागि सबै सुरक्षा निकायहरूले संयुक्त प्रयास जारी राख्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *