सुदूरपश्चिमका बाढीपहिरो प्रभावित जिल्लालाई २५/२५ लाख दिइने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका बाढीपहिरो प्रभावित सबै जिल्लालाई २५ लाख रुपैयाँका दरले राहत बजेट उपलब्ध गराउने निर्णय गरेको छ ।

विभिन्न जिल्लामा बाढीपहिरोले क्षति गर्न शुरू गरेपछि मंगलबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालको लागि प्रभावित जिल्लालाई २५/२५ लाख रुपैयाँका दरले बजेट उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले विपद् व्यवस्थापन, राहत र उद्धारको लागि जिल्ला विपद् व्यवस्थापन कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।

क्षतिको यकिन विवरण आए थप राहत उपलब्ध गराउने उनले बताइन् । प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड उपलब्ध गराउने निर्णय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *