आज अन्तरराष्ट्रिय गरिबी निवारण दिवस

काठमाडौँ । आज अक्टोबर १७ अर्थात् अन्तरराष्ट्रिय गरिबी निवारण दिवस । चरम गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्ने उद्देश्यकासाथ संसारभर यो दिवस मनाइन्छ ।

सन् १९९३ देखि हरेक वर्ष अक्टोबर १७ का दिनलाई अन्तरराष्ट्रिय गरिबी निवारण दिवसको रूपमा मनाइँदै आएको छ । गरिबीको व्याख्या गर्दा संयुक्त राष्ट्र सङ्घले खाना, नाना र छानाको अभावमा रहेका नागरिक गरिब हुन् भनी व्याख्या गरेको छ ।

दिगो विकासको लक्ष्यले पनि सबै ठाउँबाट सबै प्रकारका गरिबीको अन्त्य गर्ने लक्ष्य निर्धारण गरेको छ । नेपाल सरकारले पनि यसका लागि थुप्रै कार्यक्रमहरू सञ्चालन गरेको छ ।

नेपाल सरकारले सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित मुलुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्यसमेत राखेको छ । नेपालमा गरिबी निवारणको लागि सङ्घ, प्रदेश तथा स्थानीय तहमा अबौं रुपैयाँका फरक-फरक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । तर, अपेक्षाकृत रूपमा भने नेपालमा गरिबी घट्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *