मोतीपुर घटना : एमाले निकट सुकुम्बासी संगठनले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौँ । नेकपा एमाले निकट नेपाल भूमिहीन सुकुम्बासी संगठनले बुटवलको मोतीपुरमा ४ जनाको ज्यान जाने गरी भएको घटनाको विरोध गर्दै गृहमन्त्री बालकृष्ण खाँडको राजीनामा मागेको छ ।

सोमबार एक विज्ञप्तिमार्फत् संगठनले घटनाको सत्य तथ्य छानबिन गर्न समेत माग गरेको छ । ‘हिंसात्मक घटनाको पूर्ण जिम्मेवारी सरकारका गृहमन्त्रीले लिँदै पदबाट तत्काल राजीनामा दिन माग गर्दछौँ ।’, विज्ञप्तिमा भनिएको छ ।

यस्तै घटनामा ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूलाई निःशुल्क उपचारको व्यवस्था गर्न समेत संगठनले माग गरेको छ ।सोमबार संगठनकी अध्यक्ष शान्ता चौधरीले विज्ञप्तिमार्फत उक्त मागहरू सम्बोधन नभए आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएकी छन् ।

आइतबार मोतीपुरस्थित सुकुम्बासी बस्ती प्रहरी र स्थानीयबीचको झडपमा ४ जनाको मृत्यु भएको थियो । यस्तै झडपका क्रममा ५० जना घाइते भएको जिल्ला प्रशासन कार्यालय रुपन्देही जानकारी दिएको छ । हाल सो क्षेत्रमा अर्को सूचना नभएसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *