अछाममा जीप दुर्घटना, चार जनाको मृत्यु, १४ घाइते

काठमाडौँ । अछाममा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । पञ्चदेवल विनायक नगरपालिका-१ मा गएराति साढे ११ बजेतिर जीप दुर्घटना भएको हो ।

विनायक बजारतर्फ फर्किँदै गरेको से १ च १७६३ नम्बरको जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै र १ को उपचारका क्रममा मृत्यु भएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते २ जनालाई राती नै थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ भने अन्यको जिल्ला अस्पताल मङ्गलसेनमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेर पञ्चदेवल विनायक नगरपालिका-३ का १८ वर्षीय जीवन जैसी, १८ वर्षकै सर्व बोहरा, २१ वर्षीय जीवन न्यौपाने र १७ वर्षीय हिमाल नेपालीको मृत्यु भएको प्रजिअ मल्लले बताए । जीप कच्ची सडक खण्डमा ब्याक गर्ने क्रममा अनियन्त्रित भएर करिब दुई सय मिटर तल खसेको छ ।

दुर्घटना राती भएकाले चालकको पहिचान हुन सकेको छैन । प्रहरीका अनुसार जीप जन्ती गएर आउँदै गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *