ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

रामपुर । पाल्पाको बगनासकाली गाउँपालिका-२ मा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

आज बिहान करिब ७ः३० बजेको समयमा स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको ग२ख ३३५ नंको ट्रकले ठक्कर दिँदा बगनासकाली-२ बस्ने ५९ वर्षीय श्यामबहादुर रोकायाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ज्ञानप्रसाद ज्ञवालीले जानकारी दिए ।

ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *