गजेन्द्रले राजीनामा दिँदा गगन खुसी

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिँदा आफूलाई खुसी लागेको बताएका छन् । गत शुक्रबार मन्त्री बनेका हमालले दुई दिनमै आइतबार (आज) राजीनामा दिएका छन् ।

यसपछि नेता थापाले यस्तो बताएका हुन् । काठमाडौँमा आयोजित आयोजित शुभकामना आदान-प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले भने, ‘सम्मानित नेता गजेन्द्र हमाल विवादमा तानिँदा दुःख लागको थियो । पछि उहाँको राजीनामा आएको सुन्दा खुसी लागेको छ ।’

नेता थापाले जालझेल र ढाँटछल गर्ने छुट नेपाली कांग्रेसलाई नभएको बताए । ‘उहाँ (हमाल) ले यो गर्न आवश्यक थियो । उहाँले पदबाट राजीनामा गर्नुभयो । राम्रो भयो ।’ नेता थापाले यस्तो काम ओलीको भएकोसमेत बताए, भने— ‘यस्तो जालझेल गर्ने काम त ओलीजीको हो ।’

नेता थापाले जुन काम उज्यालोमा गर्न सकिन्न, त्यो नेपाली कांग्रेसले नगर्ने बताए । ‘हामीले यो काम गलत हो भनेर आ–आफ्नो ठाउँबाट आवाज उठायौँ र नेतृत्वले सुनिदिनुभो, सच्याउनुभो, खुसी लाग्यो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *