मन्त्री हमालको राजीनामा स्वीकृत

काठमाडौँ । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले दिएको राजीनामा प्रधान मन्त्री शेरबहादुर देउवाले स्वीकृत गरेका छन् ।

नियुक्तिको चौतर्फि विरोध भएपछि आइतबार राजिनामा पत्र बुझाएका हमालको राजीनामा स्वीकृत भएको प्रधानमन्त्री देउवा निकट श्रोतले जनाएको छ । उनको नियुक्तिबारे चौतर्फि र चर्को आलोचना हुँदै आएको थियो ।

कांग्रेसको राजनीतिमा लामो समेददेखि लागेका भएपनि सांसद नरहेका हमाल प्रधान न्यायाधीस चोलेन्द्रशमशेर राणाका जेठान हुन् । प्रधान न्यायाधी राणासँगको भागबण्डामा खुशी बनाउन हमाललाई मन्त्री बनाएको पाइएपछी प्रधानमन्त्रीसँगै राणाको पनि चर्को आलोचना भएको थियो ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *