राजीनामा दिँदै उद्योगमन्त्री गजेन्द्र हमाल

काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिने भएका छन् । आफूले स्वविवेक प्रयोग गरेको र विवादमा नफस्ने भन्दै उनले राजीनामा दिन लागेको बताएका हुन् ।

मन्त्रिपरिषद्‌मा प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’मा उनलाई मन्त्री बनाइएको भन्दै चौतर्फी विरोध भएको थियो । विवाद र विरोध भएपछि हमालले दिउँसो राजीनामा दिन लागेका सञ्चारकर्मीहरुसँग बताए । ‘मेरो विवेकले राजीनामा दिने निर्णयमा पुँगें । ४५ वर्ष कांग्रेसमा योगदान पुर्‍याएको व्यक्तिलाई अनावश्यक विवादमा तानियो,’ हमालले भने, ‘राजीनामा नदेऊ भनेर दबाब पनि आएको छ तर राजीनामा दिन्छु ।’

आजै प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाउने उनको तयारी छ । हमाललाई मन्त्री बनाएको विषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाको पनि आफ्नै पार्टी र बाहिरबाट आलोचना हुँदै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *