‘केही नेताको भ्रष्ट आचरणकै आधारमा कम्युनिष्ट आन्दोलनलाई असान्दर्भिक ठहर गर्न मिल्दैन’

काठमाडौं । नेकपा (एमाले)का नेता युवराज ज्ञवालीले सरकारमा पुगेका केही नेताको भ्रष्ट आचरणका आधारमा माक्र्सवाद वा कम्युनिष्ट आन्दोलनलाई असान्दर्भिक ठहर गर्न नमिल्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले व्यक्ति र सिद्धान्तलाई अलग–अलग रूपमा हेर्नुपर्नेमा जोड दिए ।

नेता ज्ञवालीले सरकारमा पुगेपछि नेता बिग्रिनु सिद्धान्तको कमजोरी नभई व्यक्तिगत दोष भएको टिप्पणी गरे । उनले नेताहरूको भ्रष्ट व्यवहारका आधारमा कम्युनिष्ट आन्दोलनको औचित्य सकियो भन्ने भ्रममा नपर्न पनि आग्रह गरे ।

‘सरकारमा पुगेर नेता बिग्रिए सिद्धान्तको दोष हो र ? मान्छे बिग्रने, नेता बिग्रने, भ्रष्टाचार गर्ने अनि माक्र्सवादलाई दोष दिने ?’ उनले भने, ‘नेताहरू बिग्रिए पनि कम्युनिष्ट आन्दोलन खतम भयो भन्ने कुरा सही होइन ।’

उनले कम्युनिष्ट आन्दोलन, माक्र्सवाद, जनताको बहुदलीय जनवाद र वैज्ञानिक समाजवाद अझै पनि सान्दर्भिक रहेको दाबी गरे ।

‘नेताहरू बिग्रिएका होलान्, म पनि त्यसबाट अछुतो छैन,’ उनले भने, ‘तर त्यसको अर्थ कम्युनिष्ट पार्टी असान्दर्भिक भयो भन्ने होइन । माक्र्सवाद, जनताको बहुदलीय जनवाद र वैज्ञानिक समाजवाद अझै सान्दर्भिक छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 11 =