बाहिरिँदै मनसुन, यस्तो छ तीन दिनको पूर्वानुमान

काठमाडौँ । नेपालमा मनसुन क्रमशः बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपालका तीन प्रदेशमा यस वर्षको मनसुन शुक्रबारदेखि बाहिरिएको हो ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका सम्पूर्ण भूभाग र लुम्बिनी प्रदेशका पश्चिमी भूभागबाट यस वर्षको मनसुन बाहिरिएको हो । बाँकी प्रदेश तथा स्थानमा भने मनसुन कायमै छ । यो हट्न अझै केही दिन लाग्न सक्ने अनुमान मौसमविद्ले गरेका छन् । अहिले प्रदेश १ र बाँकी पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी क्षेत्रमा सामान्यतया सफा रहेको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

शनिबार
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आइतबार
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानहरूमा मेघ गर्जन/ चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सोमबार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *