आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधान मन्त्रीको तयारी

काठमाडौँ । गठबन्धन दलहरूले मन्त्रिपरिषद् विस्तार गर्ने अन्तिम तयारी गरेका छन् । प्रधान मन्त्री शेरबहादुर देउवाले दलहरुबाट मन्त्री बन्नेहरुको नाम प्राप्त हुनासाथ मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका हुन् ।

सहमतिअनुसार कांग्रेसले प्रधान मन्त्रीसहित ८, माओवादीले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४-४ मन्त्रालय लिनेछन् । कांग्रेस, माओवादी र एसले १-१ राज्यमन्त्री पनि पाउनेछन् । गठबन्धनका पाँच दलमध्ये राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी नभई बाहिरबाटै सहयोग गर्ने भएको हो । आज बिहान ११ बजे मन्त्रिपरिषद् विस्तार गरी ४ बजे शपथ गराउने तयारी छ ।

एसलाई कानुन मन्त्रालयको सट्टा स्वास्थ्य मन्त्रालय तथा प्रदेश १ र वाग्मतीमा मुख्यमन्त्री दिने सहमति भएको छ । एसका अध्यक्ष माधवकुमार नेपालले बालुवाटारमा भएको सहमतिबारे स्थायी कमिटी बैठकमा जानकारी गराएको महासचिव बेदुराम भुसालले बताए  । ‘चार मन्त्रालय, एक राज्यमन्त्री, प्रदेश १ र वाग्मती प्रदेशको मुख्यमन्त्री लिने सहमति भएको छ,’ उनले भने ।

यो पनि : शुक्रबार पूर्णता दिने दाबी

यसअघि एकीकृत समाजवादीलाई कानुन मन्त्रालय दिइएको भए पनि त्यसमा प्रधान मन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नै सिफारिसका व्यक्तिलाई मन्त्री बनाउन खोजेका थिए । एकीकृत समाजवादीले सरकारमा जाने विषयमै पुनर्विचार गर्नककपर्ने अवस्था आउने चेतावनी दिएपछि गठबन्धन बैठकले मन्त्रालय बाँडफाँटमा हेरफेर गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *