मन्त्रिपरिषद् विस्तारको भाका फेरि सर्‍यो, शुक्रबार पूर्णता दिने दाबी

काठमाडौँ । सत्तारुढ दलहरूले शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने दाबी गरेका छन् । बिहीबार नै मन्त्रिपरिषद् विस्तार गर्ने दाबी गर्दै आएपनि असफल भएका सत्तारुढ दलले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने भाका राखेका हुन् ।

बिहीबार बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले मन्त्रालय बाँडफाँडको टुङ्गो लगाउँदै शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएको नेताहरूको दाबी छ ।

नेताहरूका अनुसार कांग्रेसलाई प्रधानमन्त्रीसहित नौ, माओवादी केन्द्रलाई पाँच, जसपा र नेकपा एकीकृत समाजवादीलाई चार चार मन्त्रालय लिने गरी सहमति भएको हो । आजको बैठकले शुक्रबार ११ बजे मन्त्रिपरिषद् विस्तार गरी ४ बजे शपथ गराउने सहमति भएको छ ।

बालुवाटार स्रोतका अनुसार कांग्रेसले प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय पाउनेछ ।

नेकपा माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय पाएको छ भने एकीकृत समाजवादीले स्वास्थ्य, शहरी विकास, संस्कृति तथा पर्यटन र श्रम तथा रोजगार मन्त्रालय पाएको छ । जसपाले भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण मन्त्रालय पाउने भएको छ । पाँच मन्त्रालय पाउनैपर्ने दाबी गरेको नेकपा एसलाई बागमती र प्रदेश १ को मूख्यमन्त्री दिएर चार मन्त्रालय र २ राज्यमन्त्रीमा सहमत गराइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *