कांग्रेसका ११ जिल्ला सभापति चयन‚ ७ जना देउवा पक्षका

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत अहिलेसम्म ११ वटा जिल्लामा सभापति चयन भएका छन् ।

आज बिहानसम्म मनाङ, रुकुम-पूर्व, ताप्लेजुङ, हुम्ला, रामेछाप, मुगु, गोरखा, संखुवासभा, कालिकोट, दोलखा र मुस्ताङको जिल्ला अधिवेशन सम्पन्न भएको छ । ११ मध्ये सात जिल्लामा सभापति शेरबहादुर देउवा पक्षय जिल्ला सभापति विजयी भएका छन् ।

ताप्लेजुङका गजेन्द्र तुम्याहाङ्, मनाङका शंकर गुरुङ, रुकुम पूर्वका केशरमान रोका, हुम्लाका मोहन विक्रम शाही, रामेछापका कान्छाराम लामा, मुगुका ऐनबहादुर शाही र गोरखाका नन्दप्रसाद न्यौपोने देउवा पक्षका हुन् । दोलखाका सभापति बर्मा लामा नेता जिपछिङ लामा निकट हुन् । उनी पनि देउवा पक्षमै आउने सम्भावना छ ।

यस्तै संखुवासभाका दिपक खड्का र मुस्ताङका रोमी गौचन महामन्त्री शशांक कोइराला निकट हुन् भने कालिकोटका अम्मबहादुर शाही भने वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *