बबईमा डुबेर एकको मृत्यु, एक बेपत्ता
२०७८ असोज १९ गते

फाइल फोटो
बर्दिया । बर्दियाको बबई नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । अर्का एक व्यक्ति बेपत्ता भएका छन् । बाग्लुङ घर भएका हुकुम विकको डुबेर मृत्यु भएको हो ।
बारबर्दियाका लेखनाथ पौडेल नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।
बेपत्ता पौडेलको खोजी गर्न बबई नदी तटिय क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । उनको खोजीमा नदी तटीय क्षेत्रका बासिन्दा समेत जुटेका छन् । -रासस
२०७८ असोज १९ गते
प्रतिक्रिया
सम्बन्धित








