सानिमा बैंकको रेमिट्यान्स मुद्दती खातामा १०.५१ प्रतिशत सम्म मासिक ब्याजदर

काठमाडौँ । नेपालीहरूको महान पर्व बडा दशैँको अवसरमा सानिमा बैंकले ग्राहकहरूका लागि विशेष दशैँ बम्पर योजनाअन्तर्गत रेमिट्यान्स मुद्दती खातामा १०.५१ प्रतिशतसम्म उच्च ब्याजदर मासिक रुपमा प्रदान गर्ने भएको छ ।
आश्विन १ गतेदेखि लागू भएको सो योजनामा विदेशबाट सानिमा एक्सप्रेस वा स्वीफ्टमार्फत् बैंकमा पठाएको रकमलाई रेमिट्यान्स मुद्दति खातामा परिमार्जन गर्दा बैंकले १०.५१५ सम्म उच्च ब्याजदर दिइरहेको छ ।
साथै बैंक खाता खोल्दा पहिलो वर्षका लागि डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, मेरो शेयर, डिम्याट खाता, अमेरिकी डलर ई–कार्ड निःशुल्क प्रदान गरिने बैंकले जनाएको छ ।
यसका साथै बचत खातामा ५५ सम्म ब्याजदर प्रदान गरिनुका साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपाङ्गता भएमा १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा‚ ३ लाख रुपैयाँ बराबरको घातक रोग बीमा, ५० हजार रुपैयाँ बराबरको मेडिकल बीमा, वार्षिक ५ हजार रुपैयाँ बराबरको वार्षिक बहिरंग उपचार खर्च र ५ हजार रुपैयाँ बराबरको स्वास्थ्य परीक्षण सेवा ग्राहक महानुभावहरुलाई प्रदान गरिने बैंकले जनाएको छ ।
सानिमा बैंकको वेबसाइट मा लगइन गरी अनलाईन खाता पनि खोल्न सकिनेछ ।








