ट्याक्टर र मोटरसाईकल जुधेर भएको दुर्घटनामा एकजनाको मृत्यु

विराटनगर । मोरङमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । आँमबारी-उर्लाबारी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका-८ आँमडाडामा ट्याक्टर र मोटरसाईकल ठक्कर खाँदा एकजनाको मृत्यु भएको हो ।

मे १ त ४४८७ नम्बरको ट्रयाक्टर र विपरीत दिशाबाट आउँदै गरेको प्र-३-०२-००२ प ४५८७ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा सोही स्थानका २७ वर्षीय विवेक पोखरेल र पछाडि सवार २८ वर्षीय यादव पाठक घाइते भएका थिए । घाइतेमध्येका यादव पाठकको उपचारका क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर र चालक रतुवामाई नगरपालिका-२ का ३२ वर्षीय गणेश पासवान ईलाका प्रहरी कार्यालय सिजुवाको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *