खोलाले बगाउँदा बालिकाको मृत्यु
२०७८ असोज १२ गते

फाइल फोटो
काठमाडौँ । इलामको फाकफोकथुम र देउमाईबीचको मैदाने खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । देउमाई-१ चमैता मामली घरमा बसेर पढ्दै आएकी नौ वर्षीया सागरिका राईको खोलाले बगाउँदा मृत्यु भएको हो ।
फाकफोकथुम गाउँपालिका– ६ स्थित फलाँटे माविमा कक्षा ४ मा अध्ययनरत राई सोमबार विद्यालयबाट फर्किँदै गर्दा खोलाले बगाएको थियो ।
भाइबहिनीलाई खोलाबाट तारेर आफू पनि तर्ने क्रममा बढेर आएको खोलाले राईलाई बगाएर बेपत्ता बनाए पछि खोजतलास गर्दा ढुङ्गामा च्यापिएको अवस्थामा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको शव आज पोष्मार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
– रासस
२०७८ असोज १२ गते
प्रतिक्रिया
सम्बन्धित








