एमालेको विरोध निर्लज्जताको पराकाष्ठा : भट्टराई
२०७८ असोज ११ गते

फाेटाे फाइल
काठमाडौँ । पूर्वप्रधान मन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद्को एमालेको विरोधलाई निर्लज्जता पराकाष्ठा भनेका छन् । ‘जसले दुई दुई पटक संसद् विघटन गरेको छ,’ सोमबार (आज) को संसद् बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै भट्टराईले भने, ‘उही आएर संसद्मा संवैधानिक सर्वोच्चता सिकाउने ?’
एमालेले आफैं सरकारमा हुँदा दुई पटक संसद् विघटन भएको उल्लेख गर्दै भट्टराईले थपे, ‘अहिले नैतिकता छ भने एमालेले राजीनामा दिएर जनताको माझमा जानुपर्छ । आफैंले विघटन गरेको संसद्मा अन्य दललाई संवैधानिक सर्वोच्चता भन्दै आउनु भनेको निर्लज्जताको पराकाष्ठा हो ।’
२०७८ असोज ११ गते
प्रतिक्रिया
सम्बन्धित








