इँटा व्यवसायीमाथि खुकुरी प्रहार

विराटनगर । विराटनगरमा एक व्यवसायीमाथि खुकुरी प्रहार भएको छ । विराटनगरमा रहेको उच्च अदालत अगाडि व्यवसायीमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार हुँदा घाइते हुने कमानसिंह लामा काभ्रेका इँटा व्यवसायी भएको खुलेको छ । व्यवसायी लामामाथि विराटनगर-११ का २७ वर्षीय बिमल कार्कीले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्नुको कारण भने नखुलेको जिल्ला प्रहरी कार्यालय मोरङ्गका डिएसपी दिपक श्रेष्ठले बताए । दिउँसो उच्च अदालतको गेटै अगाडि कार्कीले लामालाई खुकुरी प्रहार गरेका थिए ।

घाइते लामाको विराटनगर अस्पतालमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने कार्कीलाई पक्राउ गरेको डिएसपी श्रेष्ठले जानकारी दिए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले खुकुरी प्रहार गर्नुको कारण बारेमा अनुसन्धान भइरहेको जनाएपनि प्रारम्भिक अनुसन्धानमा इँटा व्यवसायमा देखिएको विवाद भएको हुनसक्ने आकलन गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =