एमाले बैठक

विधान महाधिवेशन प्रतिनिधि ५ हजार, १० बुँदेबारे स्थायी समितिले निर्णय गर्ने

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय समिति बैठक सकिएको छ । शुक्रबारदेखि बसेको केन्द्रीय कमिटी बैठक विधान महाधिवेशनमा पेस हुने तीनवटा प्रतिवेदन पारित गर्दै बैठक सकिएको हो । बैठकले तीनवटै प्रतिवेदन पारित गरेको प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले जानकारी दिए ।

यसैबीच पार्टीभित्र १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेताहरुले असन्तुष्टि जनाएपछि त्यसबारे छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । आज बसेको केन्द्रीय समिति बैठकपछि नेता प्रदीप ज्ञवालीले बताए । यसबारे छलफल गर्न सोमबार (भोलि) बिहान ११ बजे बैठक बस्दैछ । बैठकले यसबारे निर्णय गर्नेछ ।

प्रतिनिधि संख्या ५ हजार

आगामी असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिको संख्या ५ हजार पुग्ने भएको छ ।

योगेशकुमार भट्टराईकाअनुसार महाधिवेशन प्रतिनिधि चयन गर्ने मापदण्डका आधारमा प्रतिनिधि चयन हुँदा ५ हजार पुग्नेछन् । ‘एमालेको विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या करिब ५ हजार हुने भएका छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *