कतै पदाधिकारीले नै महाधिवेशन नचाहेको त होइन ? : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कतै पदाधिकारी र पूर्वपदाधिकारीहरूले नै महाधिवेशन नचाहेको त होइन भन्ने प्रश्न गरेका छन् । पदाधिकारीहरूले मनपरी निर्णय गरेर कांग्रेसलाई सङ्कटमा पारेको भन्दै कतै उनीहरूले नै महाधिवेशन नचाहेको पो हो कि भन्ने आशंका व्यक्त गरेका हुन् ।

‘पदाधिकारीहरुले कांग्रेसलाई कहाँ पुर्‍याउन खोजेको ? कतै पदाधिकारी र पूर्वपदाधिकारीहरूले नै महाधिवेशन नचाहेको त होइन ?,’ कोइरालाले प्रश्न गरेका छन्, ‘आशंका पैदा भएको छ । यो निर्णय सच्चिनु जरुरी छ । क्रियाशील सदस्यता विवाद देखिएका १३ जिल्लाको समस्या किन समाधान भएन ?’

पदाधिकारीले हिमाली जिल्लाको अधिवेशन दशैँभन्दा पछाडि गर्ने तयारी गरेपछि नेता कोइरालाले भने‚ ‘नेपाली कांग्रेसको क्रियाशील सदस्यता सार्वजनिक भएर वडा अधिवेशन सकेका हिमाली जिल्लामा पहिले र बाँकीमा पछि अधिवेशन गर्नु को कारण के हो ? सँगैको जिल्लामा गर्ने‚ छिमेकी जिल्लामा नगर्ने भन्ने पनि हुन्छ ?’

उनले पदाधिकारीहरूले मनपरी निर्णय गरेर कांग्रेसलाई संकटतर्फ धकेलेको समेत आरोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *