कांग्रेसले १३ जिल्लाको क्रियाशील सदस्यताको टुङ्गो आजै लगाउने

काठमाडौँ । कांग्रेसले १३ जिल्लाको क्रियाशील सदस्यता शुक्रबार साँझसम्म टुङ्गो लगाउने भएको छ । सहमहामन्त्री प्रकाशशरण महतले आजै विवाद रहेका १३ जिल्लाको क्रियाशील सदस्यताको टुङ्गो लगाइने जानकारी दिए ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा शुक्रबार बिहान १० बजेपछि बैठकका क्रममा सहमहामन्त्री महतले १३ जिल्लाको क्रियाशील सदस्यता टुंग्याएपछि ती जिल्लामा पनि क्रमशः वडा अधिवेशनको प्रक्रिया अघि बढ्ने बताए । उनका अनुसार दशैँअघि नै ती जिल्लामा पनि पालिका तहको अधिवेशन हुनेछ ।

कांग्रेसले पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, डोल्पा, रसुवा, बाँके, सुर्खेत र कैलालीमा क्रियाशील सदस्यको टुंगो लगाउन बाँकी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *