व्यापारी मृत्यु प्रकरण : पाँचजना पक्राउ

धनगढी । बैतडीमा भएको व्यापारी हत्याको आशंकामा बैतडी प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको सुर्नया गाउँपालिका ४ को लेकडाँडा घर भई सन्सेरीमाडौंमा मासु पसल व्यवसाय गर्दै आएका ५५ वर्षीय कमल सिंह महरा बिहीबार बिहान मृत फेला परेका थिए ।

सोही घटनामा संलग्नता रहेको आशंकामा स्थानीय पाँच जना अनुसन्धानमा तानिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । नियन्त्रणमा लिएकाहरुको नाम भने प्रहरीले गोप्य राखेको छ । अनुसन्धान भइरहेकाले नाम खुलाउन नमिल्ने उनले बताए ।

मृतक कमलसिंहको टाउको, छाती र शरीरका अन्य भागमा चोट रहेकाले हत्याको आशंका गरिएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *