माओवादी नेतृत्वलाई सखाप पार्न ठूलो लगानी भयो : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीले स्थापित गरेको राजनीतिक उपलब्धीहरूलाई सिद्ध्याउन षड्यन्त्र भइरहेको बताएका छन् । ‘माओवादीले स्थापित गरेको राजनीतिक एजेण्डाहरूलाई प्रतिक्रियावादीहरू, प्रतिक्रन्तिकारीहरूले सिद्ध्याउन खोजेका छन्,’ बिहीबार (आज) काभ्रे पुगेका प्रचण्डले भने, ‘यो षड्यन्त्र भइरहेकै छ । हिजो पनि थियो, आज पनि छ ।’

माओवादी जनताको पक्षमा लड्दैगर्दा नै सिङ्गो माओवादीलाई सिद्ध्याउन खोजेको प्रचण्डको भनाइ थियो । ‘माओवादीलाई सिद्ध्याउन खोजिएको थियो जत्तिबेला हामी जनताको पक्षमा लड्दै थियौँ, व्यवस्थाका लागि लड्दै थियौँ,’ प्रचण्डले भने, ‘अझ ठूलो षड्यन्त्र त माओवादीको नेतृत्वलाई सखाप पार्ने थियो । यसका लागि नेपालमा विगतमा ठूलो लगानी भयो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *