दल विभाजन अध्यादेशको प्रतिस्थापन विधेयक ल्याइने

काठमाडौँ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने भएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने निर्णय भएको नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

बुधबार माओवादी केन्द्रको स्थायी समिति बैठकपछि पत्रकारसँग प्रवक्ता महराले अध्यादेशको विषय भोलिसम्म टुङ्गिने बताएका छन् । कसरी टुङ्गिन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने‚ ‘भोलि बस्ने संसद बैठकमा प्रतिस्थापन विधेयक आउँछ ।’

सरकारले दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलका ४० प्रतिशत सदस्यको समर्थन आवश्यक पर्ने व्यवस्था अध्यादेशमार्फत संशोधन गरी केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशत भए पुग्ने बनाएको थियो । उक्त व्यवस्थाअनुसार नेकपा एमाले विभाजन गरी माधवकुमार नेपालसहितका नेताले नेकपा एकीकृत समाजवादी गठन गरेका छन् ।

त्यस्तै जनता समाजवादी पार्टी विभाजन गरेर महन्थ ठाकुरसहितका नेताले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *