एमालेले तीनवटै प्रतिवेदन केन्द्रीय समितिमा लैजाने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले तीनवटै प्रतिवेदनलाई केन्द्रीय समितिमा लैजाने निर्णय गरेको छ । आइतबार (हिजो) देखि सुरू भइ सोमबार (आज) सकिएको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले जानकारी दिए ।

विधान, संगठन र राजनीतिक प्रतिवेदनमाथि सदस्यहरुले धारणा राखेको र सदस्यहरुको सुझाव समेतलाई समेटेर तीनवटै प्रतिवेदन केन्द्रीय समिति बैठकमा लैजाने निर्णय भएको हो ।

एमालेको केन्द्रीय समिति बैठक असोज ८ र ९ गते बस्दैछ । केन्द्रीय समिति बैठकबाट पनि प्राप्त सुझावलाई समेटेर प्रतिवेदन असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने भट्टराईको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *