२ मिनेट ४४ सेकेण्डमा श्रम स्वीकृती दिइराखेका छौँ : मन्त्री अर्याल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रम स्वीकृती २ मिनेट ४४ सेकेण्डमा दिइरहेको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जान चाहानेहरुका लागि २ मिनेट ४४ सेकेण्डमा श्रम स्वीकृति दिइरहेको बताएका हुन् ।

उनले बैठकमा बोल्दै श्रम स्वीकृती प्रदान गर्ने कार्य १ घण्टाभित्र हुने गरेको बताएपछि सांसदहरुले एकघण्टामा दिदाँ प्रक्रिया नपु¥याइ दिइने गरेको हो कि भनि प्रश्न उठाएका थिए ।

सांसदहरुले एक घण्टामा श्रम स्वीकृती दिन निकै कम समय भएको भन्दै आवश्यक कागजातहरु अध्ययन गरेर समय लगाएर दिँदा भविष्यमा श्रमिकहरुले दुःख नपाउने धारणा राखेका थिए ।

‘खासै भन्नुपर्दा एक घण्टा पनि होइन । २ मिनेट ४४ सेकेण्डमा दिइराखेका छौँ हामीले । उहाँहरुलाई एकघण्टा समय दिएर नबिग्रियोस् भनेर हो’उनले भने,‘२ मिनेट ४४ सेकेण्डमै भइराखेको छ ।’

त्यसपछि बोल्दै मन्त्री अर्यालले श्रम स्वीकृति दिने अधिकारीले कागजात पुगे, नपुगेको मात्रै हेरेर स्वीकृत दिने व्यवस्था रहेको भन्दै एक घण्टा पनि नलाग्ने जिकिर गरे ।

उनले एकघण्टा अधिकतम समय राखिएको भन्दै श्रम स्वीकृति भने २ मिनेछ ४४ सेकेण्डमै दिने गरिएको दाबी गरे । उनले सातै प्रदेशबाट श्रम स्वीकृति दिइरहिएको बताए ।

‘श्रम स्वीकृति भनेको सम्पूर्ण डकुमेन्ट पुरा छ र ओरिजिनल छ । डुप्लीकेट छैन । त्यसकारण यो मान्छेलाई श्रम स्वीकृति दिन उचित छ उनले भने,‘भनेर त्यहाँबाट दिने भएको कारणले यसलाई छिटो र छरितो गरेको हो । सातै प्रदेशबाट श्रम स्वीकृति दिइराखेका छौँ ।’

मन्त्री अर्यालले वैदेशिक रोजगारीमा फ्रि भिसा, फ्रि टिकटको कुरा गरिने भएपनि ९६ प्रतिशत श्रमिकले पैसा तिरेर विदेशिने गरेका बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *