विद्यार्थीहरूको प्रश्नः

एमबीबीएस उहिले, इन्टर्नसीप कहिले ? (तस्बिरहरू)

काठमाडौँ । एमबीबीएस विद्यार्थीहरूले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन् । सन् २०१४ मै चीनबाट एमबीबीएस उतीर्ण गरेका विद्यार्थीहरूले इन्टर्नसीपको माग गर्दै प्रदर्शन गरेका हुन् ।

केही दिनयता प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले एमबीबीएस उहिले इन्टर्नसीप कहिले, हाम्रो इन्टर्नसीप के कारण रोकियो जवाफ चाहियो, इन्टर्नसीप शुरू गर, सरकार किन ढिलसुस्ती, भेरिफाइ गर्न किन ढिलालगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरूले सरकार आफूहरूको समस्याबारे बेखबर रहेको भन्दै चाँडै आफूहरूको व्यवस्थापन हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *