‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न सरकार प्रतिबद्ध छ’

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । ‘सरकार सबैखाले विद्यालयहरूको शैक्षिक गुणस्तर उकास्नमा लागेको छ,’ ललितपुरको नमूना मच्छिन्द्र माविको भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘विशेषगरी सामुदायिक विद्यालयहरूको शैक्षिक सुधार गर्नुपर्ने मागहरू बेलाबेला उठ्दै आएको छ । यो सरकार सधैं यसका लागि प्रतिबद्ध छ ।’

विद्यालय शिक्षा स्थानीय पालिकाको मुख्य जिम्मेवारी रहेतापनि संघीय सरकारले स्रोत साधान र कार्यक्रमसहित विद्यालय शिक्षाको विकासमा सहयोग गरिरहेको प्रधानमन्त्री देउवाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *